काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर सूचिकरणसँगै बिहीबारदेखि दोश्रो बजारमा कारोबार खुलेको छ । 

नेप्सेले यो कम्पनीको सेयरको ओपनिङ रेञ्ज रु.१०१.११ देखि ३०३.३३ रुपैयाँ तोकिदिएको छ । पहिलो कारोबारका लागि यो रेञ्ज तोकिएको हो । 

यो कम्पनीलाई नेप्सेले कारोबारका लागि यूपीसिएल(ग्एअ०ि सिम्बोल समेत प्रदान गरेको छ । 

यो कम्पनीको २ करोड १० लाख ३ हजार ५०० कित्ता सेयर मंगलबार सूचिकृत भएको थियो । 

कम्पनीले हालै बिक्री गरेको ९६ लाख ६१ हजार ६१० कित्ता आइपीओसहित उक्त सेयर सूचीकृत गरेको हो । 

कम्पनीले फागुन १५ गते आइपीओ बाँडफाँट गरेको थियो । यसमा १३ सय कित्तासम्म आवेदन दिएका सबैलाई माग अनुसार नै सेयर दिइएको थियो ।

यस्तै, १३ सय ५० कित्ता भन्दा माथि आवेदन दिनेलाई १३ सय ५० कित्ताको दरले सेयर बाँडफाँट गरिएको थियो । १५७ जनालाई गोलाप्रथामार्फत थप १० कित्ता सेयर दिइएको थियो ।

युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ । विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।