काठमाण्डौ । प्रभु बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १ स्थित खाँदबारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालयहरुको आइतबारदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १ स्थित खाँदबारी शाखा कार्यालयको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले एक समारोहका बीच उद्घाटन गरेका बैंकले विज्ञप्तिमामार्फत जनाएको छ ।

त्यसैगरी, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखाको प्रदेश सांसद हिमाल कार्कीले उद्घाटन गरे ।

दुवै शाखाको उद्घाटन समारोहमा स्थानीयको निकै ठूलो सहभागिता थियो।

दुवै कार्यक्रमका अतिथिहरुले प्रभू बैंकले गाउँपालिका तथा नगरपालिकामा सेवा बिस्तार गरिरहेकोमा प्रशंसा गरेका थिए ।