काठमाण्डौ । अग्नि ग्रुपअन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा  “खुशी आउँछ बन्डलमा” योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम रु.१०००० देखि रु.१ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्ने कम्पनीले जनाउको छ । 

यसका साथै एक वर्षका लागि तेस्रो पक्ष बीमा तथा  सवारी करको सुविधा तथा आकर्षक हेलमेट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । 

त्यति मात्र होइन यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइनेछ र हरेक १५ दिनमा एकजना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने कम्पनीको भनाई छ ।