काठमाण्डौ । प्रति मेगावाट लागत निकै कम रहेको शिवश्री हाइड्रोपावर लिमीटेड आयोजना  प्रभावितले नकिनेकोलाई समेत जोडेर ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ सर्वसाधारणका लागि निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । 

यो कम्पनीले आयोजना प्रभावितपछि सर्वसाधारणका लागि आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । 

यसअघि कम्पनीले पुस २७ देखि माघ ११ गतेसम्म आयोजना प्रभावितका लागि १४ लाख ७६ हजार ४ सय कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको थियो । जसमध्ये ९ लाख ३६ हजार ५४० कित्ता बिकेको थिएन । 

आयोजना प्रभावित सिन्धुपाल्चोकबासीले नकिनेको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि कुल ३३ लाख ५१ हजार १४० कित्ता सेयर निश्कासन गर्न खोजेको हो । 

आयोजना प्रभावितपछि यो यसअघि कम्पनीले सर्वसाधारणका लागि २२ लाख १४ हजार ६ सय कित्ता मात्र आइपीओ निश्कासन गर्ने योजना बनाएको थियो । तर, स्थानीयले सबै नकिनेपछि सर्वसाधारणमा जारी हुने कित्ता बढेको हो । 

यही कित्तामध्ये कर्मचारीका लागि समेत निश्कासन हुनेछ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो । 

हाल यो कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाटको उपल्लो चाकु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५० लाख रुपैयाँ रहेको छ ।