काठमाण्डौ । बजार खुलेको केही मिनेटमै युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर मूल्यमा पहिरो गएको छ । 

यो कम्पनीको सेयर दोश्रो बजारमा कारोबारमा आएको दिनदेखि नै लगातार पहिरो व्यहोरिरहेको छ । प्रत्येक दिन नेगेटिभ सर्किट लागिरहेको यो कम्पनीको मूल्य आइतबार बजार खुलेको केही मिनेटमै घटेर अंकित मूल्य भन्दा तल पुगेको हो । 

युनिभर्सल पावरको मूल्य घटेर प्रतिकित्ता ९८ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

आइतबार समेत यो कम्पनीको सेयर खरीदमा लगानीकर्ताको चासो देखिएको छैन । मार्केट डेप्थमा २५ हजार ५१० कित्ता सेयर बिक्रीमा राखिएको छ । तर, खरीदमा कुनै आदेश नहुँदा बिक्री अर्डर म्याच हुन सकेको छैन । 

यो कम्पनीमा यस्तो प्रवृति दोश्रो बजारमा कारोबार खुलेदेखि नै जारी रहेको हो । 

निकै कमजोर कम्पनीको जलविद्युत कम्पनी भएकोले समेत यसले आइपीओ खुलाउँदा नै धेरै विज्ञले नकिन्न सुझाव दिएका थिए । 

यो समाचार तयार पार्दासम्म युनिभर्सलसँगै दोश्रो बजारमा कारोबारमा आएको शिवम सिमेन्ट्सको मूल्य पनि घटेको छ । शिवमको मूल्य ३१९ रुपैयाँमा सीमित भएको हो । अझै घट्ने संभावना देखिएको छ ।