काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशुली र टिमुरे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

बैंकले चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकिसिनवारी शाखा कार्यालय र चैत्र २४ गते नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय र चैत्र २५ गते रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गरेका थिए। 

त्यसैगरी, त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले र टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरे ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ । 

बैंकले ९९ वटा शाखाहरु र ७६ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानबाट सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । 
साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु संचालनमा छन् ।