संयुक्त राज्य अमेरिकाका लागि सन् २०१९ का लागि यस पहिले अनुमान गरेको आर्थिक वृद्धिदर घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार जानकारी गराएको छ ।

सन् २०१९ का लागि यस पहिले अनुमान गरिएको अमेरिकाको आर्थिक वृद्धि दरमा समेत शुन्य दशमलब दुई प्रतिशत कमी आई २.३ मा खुम्चिने देखिएको मुद्रा कोशको वल्र्ड इकोनोमिक आउटलुकले जनाएको हो । उक्त संस्थाले सन् २०१९ का लागि गत जनवरीमा गरेको प्रक्षेपणमा अमेरिकी आर्थिक वृद्धि २.५ प्रतिशत कायम रहने बताएको थियो ।

अमेरिकी आर्थिक वृद्धिमा देखिएको कमीका वावजुद पनि अमेरिकी अर्थतन्त्र अझै अन्य मुलुकको अर्थतन्त्रको तुलनामा मजबुत नै रहने बताएको छ ।

आइएमएफले सन् २०२० मा अमेरिकी आर्थिक वृद्धिदर थप खुम्चिने र १.९ प्रतिशत कायम हुने जनाएको छ । 

अमेरिकी आर्थिक वृद्धिदर कमी हुनुमा अमेरिका–चीन ब्यापार विवाद, ब्रेक्जिट, अमेरिकी संसद र राष्ट्रपतिबीचको असमझदारी प्रमुख कारक मानिएका विश्लेषकहरूले बताएका छन् ।