रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धितर्फ अघि बढिसकेको बताएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जको राँझा नजिकै सञ्चालन गरेको होटल सोल्टीको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाएरै छाड्ने बताए । 

प्रधानमन्त्री ओलीले पर्यटन प्रबद्र्धन गर्न गुणस्तरीय सेवा प्रवाह गर्न होटल व्यवसायीहरुलाई सुझाव दिए । १ अर्ब २५ करोडको लागानीमा उक्त होटल सञ्चालनमा आएको हो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश पर्यटकीय हिसाबले सम्भावनायुक्त भएको बताए । प्रदेश सरकारले बाँकेलाई औद्यागिक हबका रुपमा विकास गर्ने बताए।

प्रधानमन्त्री ओलीले आजै बाँकेको सिक्टा सिंचाइँ आयोजनास्थलको हवाइ निरीक्षण गरे भने सुर्खेतको हात्तिखालमा रहेको भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थु्र पनि गरे । बाँकेको करिब ३४ हेक्टर जमिनमा सिंचाइँ सुविधा पु¥याउने उद्देश्यले १३ वर्षअघि देखि निर्माण सुरु भएको सो आयोजनामा हालसम्म १४ अर्व वढि रुपैया खर्च भइसकेको छ । तर पनि आयोजनाको निर्माण सम्पन्न भएको छैन । आयोजनामा चरम भ्रष्टाचार भएको ठहर गर्दै आयोजनाका कर्मचारी विरुद्ध अख्तियारमा उजुरी परेपछि आयोजना अलपत्र परेको छ ।

मौसम खराविका कारण उडान नहुँदा प्रधानमन्त्री ओली मंगलबार नेपालगञ्जमै बास बसे । 

सोल्टी होटल उद्घाटन गरे पनि उनी बास भने राँझास्थित सेनाको व्यारेकमा बसेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।