काठमाण्डौ । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । 

कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । 

उक्त खाता खोले बापत बैंक स्वयम्ले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।

पाँच प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । 

नेपाल सरकारले जारी गरेको कुनै पनि फोटोसहितको परिचयपत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्रमार्पmत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ८३ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु संचालनमा छन्।