काठमाण्डौ । महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट(एनबीआई)बीच बैशाख ५ गते एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

सो सम्झौतामा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनबीआईको तर्फबाट प्रमुखकार्यकारी अधिकारी सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा उल्लेख भएबमोजिम महालक्ष्मी विकास बैंक लिमीटेडका १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जान्बी कोर्ष प्रदान गर्ने सहमति भएको छ । 

बैंकका कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । 

विशेष गरी सहायक तहदेखि सहायक प्रबन्धक तहसम्मका कर्मचारीहरुको दक्षता तथा कुशलतापूर्वक कार्य सम्पादन गर्ने, क्षमता अभिवृद्धि गर्ने हेतुले बैंकको तर्फबाट सो समझदारी पत्रमा हस्ताक्षर गरिएको बताइएको छ ।