काठमाण्डौ । मुक्तिनाथविकास बैंकले बैशाख १५ गतेदेखि लागू हुने गरी “मुक्तिनाथ जीवन बरदान योजना’’अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । 

यस योजनाअन्तर्गत ग्राहकले रु १०,०००÷ न्युनतम मौज्दातमा रु ५ लाखसम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाखसम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् ।

साथै, रु २०,००० न्यूनतम मौज्दातमा रु ५ लाखसम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा )प्राप्त गर्न सक्नेछन् । 

यस बचत योजनाअन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज(मासिक रुपमा ब्याजभुक्तानी), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ्ग सुविधा तथा इन्टरनेट बैंकिङ्ग सुविधाका साथै निःशुल्क भिजा डेबिट कार्डर् र देशैभर भिजा नेटवर्क अन्तर्गत रहेका करिब ३००० एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिनेछ । 

यो बचत खाताखोल्ने ग्राहकले किराना अनलाइन स्टोरसँग सहकार्य गरी रु ५०० बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधा समेत पाउनेछन् । हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाअन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुने बैंकले प्रष्ट्याएको छ ।