काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण टोलीमा निजी क्षेत्रको समेत सहभागिता भएको छ । 

बैशाख २६ गतेदेखि प्रारम्भ भएको भियतनाम तथा कम्बोडीयाको भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र निवर्तमान अध्यक्ष हरिभक्त शर्मा सहभागी छन् ।

ती दुई देशमा रहँदा परिसंघबाट सम्मिलित प्रतिनिधि मण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा समेत संलग्न हुनेछ । 

त्यस्तै दुवै देशहरुका उद्योग वाणिज्य संघका पदाधिकारीसँग समेत भेटवार्ता गरी दुबै देशका निजी क्षेत्र बीचको सम्पर्क र सञ्जाल विस्तारका लागि पनि पहल गर्ने बताइएको छ ।

दुवै मुलुक दक्षिण–पूर्वी एशियामा आर्थिक उद्योग विकासको क्षेत्रमा उदयीमान मुलुकको रुपमा अघि बढिरहेको पृष्ठभूमिमा नेपाल–भियतनामका साथै कम्बोडीया बीचको आर्थिक व्यवसायिक सम्पर्क, सहकार्य र सहयोगको क्षेत्र विस्तार गर्न दुबै देशका निजी क्षेत्र बीचको सम्बन्ध सुधारमा यस भ्रमणका क्रममा हुने भेटवार्ताबाट महत्पूर्ण सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।