काठमाण्डौ । प्रभू बैंकले काठमाण्डौको ढुंगेधारामा शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ महानगरपालिकावडा नं. १५, ढुंगेधारामा बैशाख ३० गतेदेखि ढुंगेधारा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको हो । 

बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर शिबराज श्रेष्ठले एक समारोहकाबीच समुद्घाटन गरेका बैंकले जनाएको छ।

बैंक संचालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।