काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले सेयरधनीलाई १५.४८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। 

कम्पनीको सोमबार अपरान्ह ४ः३० बजे बसेको संचालक समितिको १४६ औं बैठकले २०७४\७५ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५.४८४३३ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

प्रस्तावित बोनस सेयरमा लाग्ने कर सेयरधनीले नै व्यहोर्नुपर्नेछ। 

हाल यो कम्पनीको चुक्तापूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर साधारणसभाबाट पारित भई बिमा समितिले समेत स्वीकृति दिएपछि वितरण हुनेछ । त्यसपछि चुक्तापूँजी बढेर १ अर्र्ब पुग्नेछ।

कम्पनीले गत वर्ष २० प्रतिशत लाभांश वितरण गरेको थियो ।