काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा १ शाखारहित बैंकिङ इकाई संचालनमा ल्याएको छ । 

रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखारहित बैकिङ्ग इकाई संचालनमा आएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 
योसहित माछापुच्छ्रे बैंकको हालसम्म ९८ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित सो शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरिएको छ । 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरिएको र चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध हुने बैंकले जनाएको छ । 

हाल यो बैंकको देशभर १०० वटा शाखा, ९६ शाखारहित बैंकिङ इकाईको सञ्जाल रहेको छ । बैंकको देशभर १२१ वटा एटीएम संचालनमा छन् ।