काठमाण्डौ । प्रभू बैंक लिमीटेडले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा जेठ १० गते शुक्रबारदेखि शाखा कार्यालय सञ्चालनमा आएको छ । 

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीबाट एक समारोहकाबीच बैंकको चन्द्रौटा शाखा कार्यालय समुद्घाटन भएको हो । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीकि दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

बैंकको चन्द्रौटा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।