काठमाण्डौ । महालक्ष्मीविकास बैंक लिमीटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं १५, स्थित डल्लुमा शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

जेठ ६ गते एक कार्यक्रमका बीच सो शाखाको उद्घाटन गरिएको हो। 

यस्तै, काठमाण्डौ महानगरपालिका वडा नं १६, स्थित नयाँबजार शाखाको जेठ १२ गते उद्घाटन गरिएको छ। डल्लु शाखाको समुद्घाटन प्रमुखअतिथि काठमाण्डौ निर्वाचन क्षेत्र नं ८ का  सांसद जीवनराम श्रेष्ठले गरेका थिए । सोसमारोहमा विशेष अतिथिका रुपमा काठमाण्डौ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडाअध्यक्ष ईश्वरमान डंगोल रहेका थिए । 

यसैगरी, नयाँँबजार शाखाको समुद्घाटन बैंकका संचालन समितिका सदस्य राजेशकुमार रौनियारले गरेका थिए ।

कार्यक्रमकै क्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य बताएका थिए । 

उनले महालक्ष्मी बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयनअन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिएका थिए । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमीटेडको ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।