काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आज आफ्नो  शेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गर्दै एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

बैंकको आजै सम्पन्न साधारण सभाले बैंकको संचालक समितिमा संस्थापक समूहमा  उदयमोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्रदास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर धनीको समूहबाट मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ संचालकको रुपमा निर्विरोध चयन भएका छन् ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै सेयरधनीहरुलाई समयसापेक्ष प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेको छ। 

ओम डेभलपमेन्ट बैंकसँगको प्राप्ति प्रक्रिया असफल भएसँगै यो बैंक साना बित्तीय संस्थालाई मर्ज गर्ने अभियानमा छ । कन्काई विकास बैंकसँग प्राप्तिको सम्झौता गरिसकेको यो बैंकले एकदुई दिनमै ललितपुर फाइनान्सलाई पनि अक्वायरको सम्झौता गर्दैछ । 

यस्तै, राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई समेत प्राप्तिको सम्झौता गर्ने संभावना छ भने अन्य आधा दर्जन बढी साना संस्थासँग गाभ्ने गाभिने विषयमा सम्झौता गर्नसक्ने देखिएको छ ।