काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड(एनआइबिएल) र यसका साझेदार बैंकहरुबीच ७८ मेगावाटको साञ्जेन खोला जलविद्युत आयोजनामा सिण्डिकेटेड फ्यासिलिटीजको सम्झौता(परियोजना ऋण सम्झौता) भएको छ। 

यो आयोजना चाइना हार्बर इञ्जिनियरिङ कम्पनीद्वारा प्रवद्र्धित सालासुङ्गी पावर लिमीटेडले निर्माण गर्नेछ । 

शुक्रबार भएको सम्झौता समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकको साथमा कुमारी बैंक र सिटिजन बैंकले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो आयोजना रन अफ दि रिभरमा आधारित आयोजना हो, जुन रसुवा जिल्लाको साञ्जेन खोलामा निर्माण हुनेछ । 

यो आयोजनाको डिजाइन डिस्चार्ज ९.१० क्यूमेकप्रति सेकन्ड रहने र नेट हेड करिब १००० मिटर रहनेछ । 

यो आयोजनाको कुल लागत रु. १३.२ अर्ब  र सोमा ७०ः३० को डेब्ट इक्वीटी अनुपात रहनेछ । 

आयोजनामा ९२ प्रतिशत इक्वीटी चाइना हार्बर इञ्जिनियरिङ कम्पनीको र ८ प्रतिशत नेपाली साझेदारहरुको रहनेछ ।