नयाँदिल्ली । अबको केही वर्षमा ननभेज (मांशहारी) खाना खानेहरूलाई झट्का लाग्छ सक्छ । किनकि हालै गरिएको एक अध्ययनले अबको दुई दशकभित्र अर्थात सन् २०४० भित्र खसी, बाख्रा, च्याङ्ग्रा, बंगुर आदि जनावरको मासु पाउन पूरै त होइन ६० प्रतिशतसम्म बन्द हुन सक्छ । 

सोही अध्ययनले विकल्प पनि निकालेको छ । सन् २०४० सम्म जनावरको मासुको सट्टा बोटबिरुवाबाट तयार हुने मासुले स्थान लिन सक्ने अध्ययनले देखाएको छ । अबको दुई दशकमा विश्वभर ६० प्रतिशतभन्दा बढी मासु जनावरको नभई बोटबिरुवाबाट उत्पादन हुने दाबी पनि गरिएको छ । 

अध्ययनका अनुसार सन् २०४० सम्ममा विश्व बजारमा ३५ प्रतिशत कल्चर्ड मिट (जनावारलाई नोक्सानी नपुर्याई उसको कोशिकाबाट तयार गरिने) र २५ प्रतिशत बोटबिरुवाबाट उत्पादन गरिने मासुमात्र पाइनेछ । 

बोटबिरुवाबाट उत्पादन हुने मासु आम तरिकाले जनावरबाट पाइने मासुभन्दा बढी पौष्टिक उपलब्ध हुनेछ । जसले मांशहारी खानेहरुमा देखिने विभिन्न खालका रोगबाट समेत छुट्कारा दिलाउने छ । 

बोटबिरुवाबाट उत्पादन हुने मासुमा बजारमा पाइने आम मासुजस्तै सबै खालका फाइदा प्राप्त गर्न सकिन्छ । 

त्यसो त मासुका दुनियाँभर पशुपालन गरिन्छ । थुप्रै मासु उत्पादन गर्ने उद्योगहरु पनि खुलेका छन्। तर यस्ता मासु उद्योगले पर्यावरणमा नोक्सानी पुर्याउनुका साथै यसले वातावरणमा कार्बन उत्सर्जनमा समेत बढोत्तरी गरिरहेको छ । पशु चरनका लागि जंगल पनि मास्ने काम भइरहेको छ । यसले जलवायु संकटमा परिरहेको छ भने नदी र महासागर पनि प्रदूषित भइरहेको छ । यसका कारण पनि अब त्यस्ता उद्योगहरुले पनि बोट–बिरुवाबाट मासु उत्पादन गर्नतिर ध्यान दिन जरुरी छ ।