काठमाडौँ । तपाइँमध्ये कतिपयले रिटायरमेन्ट प्लानिङ गर्न निकै गाह्रो हुन्छ भन्दै यसतर्फ खासै ध्यान दिनुभएको छैन होला । तर तपाइँले सोचेजस्तो रिटायरमेन्ट प्लानिङ गर्न त्यति गाह्रो छैन । 

तपाइँ–हामीलाई रिटायरमेन्ट प्लानिङबारे बुझाउन एउटा सूत्रमा काफी छ। त्यो हो– आजैदेखि जति सक्नुहुन्छ बचत गर्नुहोस् र त्यसलाई सही ठाउँमा लगानी गर्नुहोस्। यसले तपाइँको रिटायरमेन्ट प्लानिङका लागि आवश्यक फन्ड बढाउन निकै मद्दत गर्छ । 

रिटायरमेन्ट फन्ड बनाउन तल उल्लेखित टिप्स पढ्नुहोस् :

मासिक खर्चलाई अनुमान गर्नुहोस् : रिटायरमेन्ट प्लानिङअन्तर्गत सबैभन्दा पहिला तपाइँ रिटायर भएपछि कति रकम आवश्यक पर्न सक्छ अन्दाज गर्नुहोस् । त्यसका लागि पहले पूरै खर्च विवरण तयार गर्नुहोस् । जस्तै खाद्यान्न, धारा, पानी र बत्तीको बिल, लत्ताकपडाजस्ता अत्यावश्यक खर्च समावेश गर्नुहोस् । त्यस्तै उमेरसँगै तपाइँको स्वास्थ्यमा समस्याहरु पनि देखिन थाल्छन् । त्यसका लागि पनि निश्चित रकम समावेश गर्नुहोस् ।

रिटायरमेन्टपछिको आम्दानीको पनि अनुमान गर्नुहोस् : अब तपाइँ रिटायरमेन्टपछि जागिरबाट प्राप्त रकमहरु जोड्नुहोस् । जस्तै कम्पनीबाट प्राप्त उपदान, पेन्सन, बीमा पोलिसीबाट प्राप्त रकम यसमा समावेश गर्न सक्नुहुन्छ । 

रिटायमेन्टपछिको नेट इनकम अनुमान गर्नुहोस् : यदि रिटायरमेन्टपछि तपाइँको मासिक अनुमानित खर्च ५० हजार छ र अनुमानित आम्दानी २५ हजार छ भने यसको मतलब हो तपाइँलाई हरेक महिना २५ हजार रुपैयाँ आवश्यक पर्छ । 

रिटायरमेन्टपछिको अतिरिक्त रकमको आवश्यकता : अतिरिक्त रकम तपाइँलाई अहिले थोरै लाग्न सक्छ । तर महँगी दरका कारण रियारमेन्टको समयमा यो रकम धेरै ठूलो हुन सक्छ । मानौं अहिले महँगी दर ४ प्रतिशत छ तर यसलाई दीर्घकालीन रुपमा ६ प्रतिशत मानेर तपाइँले लेखाजोखा गर्नुपर्छ । ६ प्रतिशत महँगी दरको मतलब यो हो कि यदि अहिले तपाइँको मासिक खर्च एक लाख रुपैयाँ छ भने ३० वर्षपछि यो बढेर ५.७४ लाख रुपैयाँ हुन्छ भने ६० वर्षपछि ३२.९९ लाख पुग्छ । त्यसैले तपाइँले दीर्घकालीन रुपमा योजना बनाएर खर्चको दर निर्धारण गर्नुपर्छ । 

६० वर्षपछि आवश्यक फन्डको लेखाजोखा गर्नुहोस् : ६० वर्षको उमेरमा तपाइँलाई कति रिटायरमेन्ट फन्ड आवश्यक पर्छ ? यसको हिसाबकिताब गर्न गाह्रो पर्न सक्छ । किनकि यसमा थुप्रै कुरालाई समावेश गर्नुपर्ने हुन्छ । जस्तै तपाइँ कति उमेरसम्म जीवित रहनुहोला ? तपाइँको सम्पत्ति कति छ ? त्यसबाट अनुमानति कति मुनाफा आइरहेको छ ? यी कुरा सुल्झाउन निकै गाह्रो छ । त्यसैले तपाइँले रिटायरमेन्ट प्लानिङ गर्दा सकभर धेरै उमेरको अनुमानित खर्च विवरण बनाएर आवश्यक फन्डको लेखाजोखा गर्नुपर्छ । आर्दश स्थितिमा तपाइँ–हामीले ९० वर्षको उमेर तोकेर रिटायरमेन्ट प्लानिङ गर्न उत्तम हुन्छ ।