- भक्तराज रसाइली 

काठमाण्डौ । यो साताको कारोबारको अन्तिम दिन बिहीबार कारोबार सुरु भएको दुई घन्टा भइसक्दा पनि अधिकांश ब्रोकरहरुको टीएमएस (Trading management system) नचल्दा लगानीकर्ताहरु कारोबारबाट बन्चित भइरहेका छन् । यसको प्रत्यक्ष मार बजार बढेको बेला लगानीकर्ताहरुले फाइदा लिन नसक्ने नै हो। 

नेप्सेले भित्र्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा केही ब्रोकरको टीएमएस चलिरहेका बेला अधिकान्श ब्रोकरहरुको टीएमएस नचल्दा सेयर खरिदबिक्री गर्न पाइरहेका छैनन्। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइएसपी सुबिसुको नेटवर्कमा समस्या भएका कारण यस किसिमको सम्स्या आइरहेको र समाधान गरिरहेको जानकारी दिए । 

दोश्रो बजारमा सकृय ५० ब्रोकरमध्ये केही ब्रोकरको टीएमएस चल्दा केही ब्रोकर कारोबारबाट बन्चित हुनुपर्दा लगानीकर्ताहरुले अवसरबाट खुम्चिनु पर्ने अवस्था सिर्जना हुन पुगेको छ । 

दोश्रो बजार आफैंमा धेरै सेन्सेटिभ क्षेत्र भएको तर नेप्सेले यसकिसिमको अवस्था सिर्जनाका लागि बैकल्पिक व्यवस्थाप्रती गरेको बेवास्ता र चरम लापरबाहीले लाखौं लगानीकर्ता मारमा पर्छन् । 

दैनिकजसो हाल पनि नेप्सेको अनलाइन प्रणालीमा विविध समस्याहरु देखिनु र सिस्टममा प्रमोटर सेयर कारोबारमा बन्देजको कुनै प्रावधान नेप्सेले नबनाउँदा नेप्सेको अनलाइन प्रणाली बालुवामा पानीहालेसरह भएको बताइन्छ ।