काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ । 

सो काउन्टरको औपचारीक उद्घाटन २०७६ श्रावण ०५ गते आइतबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले गरेका छन् । 

बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत श्री तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो । 

उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।