काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल कम्पनीका सीआईओ टिम कुकलाई कम्पनीले उत्पादन गर्न लागेको म्याक प्रो कम्प्युटरका पार्टस् चीनमा नबनाउन चेतावनी दिएका छन् । 

चेतावनीसँगै राष्ट्रपति ट्रम्पले यदि एप्पलले म्याक प्रो कम्प्युटरको पार्टस् चीनमा बनाएर आयात शुल्कमा छुट नदिने घोषणा पनि गरेका छन् । ट्रम्पले ट्विट गर्दै लेखेका छन्, ‘एप्पलको म्याक प्रो कम्प्युटरको चीनमा बन्ने पार्टस्मा आयात शुल्कमा छुट दिइने छैन । ती पार्टस् अमेरिकामै बनाइएमा कुनै शुल्क लगाइने छैन।’

अमेरिका र चीनबीच जारी व्यापारका बाबजुद एप्पलले निकट भविष्यमै बजारमा ल्याउन लागेको म्याक प्रो डेस्कटप कम्पयुटरका पार्टस् चीनमा बनाउने योजना बनाइरहेको छ । 

वाल स्ट्रिट जर्नलका अनुसार एप्पल कम्पनीले ताइवानको क्वान्टा कम्प्युटर इंकमा ६ हजार डलरमा डेस्कटप कम्प्युटर निर्माणका लागि छलफल गरिरहेको छ । जुन संघाईस्थित एउटा फ्याक्ट्रमा उत्पादन गर्ने तयारी भइरहेको हो । 

ट्रम्पको यो ट्विटपछि नास्डेक इन्डेक्समा एप्पलको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । –एजेन्सी