काठमाण्डौ । सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोले एक समारोहका बीच मंगलबार गरेका बैंकले जनाएको छ । 

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रदेश १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

साथै उद्घाटन समारोहमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले महिला बिकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण समेत गरेका थिए ।

फागोले उर्लाबारी क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने विचार व्यक्त गरे ।