काठमाण्डौ । सिद्धार्थ बैंकले धादिङको धादिङबेसीमा नयाँ शाखा स्थापना गरी कारोबार थालेको छ । 

बिहीबार एक समारोहका बीच सो शाखाको उद्घाटन गरिएको हो । 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको बताएको छ। 

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हाल यो बैंकको देशभर १६१ वटा शाखा(४ एक्सटेन्सन काउण्टरसहित), १०१ शाखारहित बैंकिङ इकाई, १७५ वटा एटीएम र १३०० बढी पस मेसिनको सञ्जाल रहेको छ ।