काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य निरक के.सी. निर्विरोध निर्वाचित भएका छन् । 

अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार सम्पन्न महासंघको कार्यकारिणी समितिको १३ औं बैठकबाट के.सी. कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

राणाले नवनिर्वाचित कोषाध्यक्ष के.सी.लाई शुक्रबार नै पद तथा गोपनियताको सपथ ग्रहण गराउंदै बधाई समेत दिइन । 

कार्यकरिणी समितिको बैठकले महासंघको विद्यमान विधान संशोधन, उद्यमी व्यवसायीहरूले भोग्नु परेका समस्या तथा मुलुकको उद्योग व्यवसायको समग्र अवस्थाका विषयमा छलफल समेत गरेको छ ।

बैठकमा महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।