काठमाण्डौ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा कुनै पनि शुल्क नलाग्ने सुविधा ल्याएको छ । 

अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले यस्तो सुविधा ल्याइएको प्रष्ट्याएको छ । 

ग्राहकहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । 

यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन । 

बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आह्वान समेत गरेको छ । 

यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको बताइएको छ । यो बैंकको हाल देशभर १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग इकाई तथा १५९ वटा एटीएमहरुको वृहत सञ्जाल रहेको छ ।