काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा म.हा.न. पा. २६ स्थित लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की हस्तान्तरण गरेको छ । 

बैंकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बञ्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ।