काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. रामशरण महतले बैंक तथा वित्तीय संस्थाका संचालकहरुमा उमेरको सीमा तोकेर राष्ट्रबैंकले गल्ती गरेको टिप्पणी गरेका छन् । 

राजधानीमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री डा. महतले त्यस्तो टिप्पणी गरेका हुन् । 

उनले बोर्ड अफ डाइरेक्टर(संचालक) पार्टटाइम काम जस्तो मात्र भएकोले यसमा उमेर हदको नीति लाद्नु हदैसम्मको अवैज्ञानिक रहेको दाबी समेत गरे । 

उनले बैंकका सीइओहरुलाई समेत उमेर सीमा तोक्ने व्यवस्था अन्त गर्न सुझाव दिएका छन् । 

‘बैंक वित्तीय संस्थाका संचालकको ६५ वर्षे उमेर हदबन्दी हुन्छ भने राजनीतिमा पनि त्यो लागू हुनुपर्छ ।’ डा. महतले भने ।