काठमाण्डौ । तपाइँहरू ‘बिजशाला’ डिजिटल बिजनेस पोर्टलको यो सेग्मेन्ट कत्तिको पढ्दै हुनुहुन्छ । यदि छुटाउनु भएको छ भने आजैबाट पढ्न थाल्नुहोस् । आज हाम्रो यो सेग्मेन्टको चौथो हप्ता (संस्करण) हो । हामी तपाइँहरुलाई लोकसेवाबाट लिइने निजामतीदेखि अन्य सबै सरकारी तथा अर्धसरकारी निकायमा लिइने परीक्षामा अब्बल बनाउन निरन्तर यो सेग्मेन्टलाई बढावा दिइरहेका छौँ ।

यो सेग्मेन्टअन्तर्गत हामीले हरेक साता सोमबार सुरुमा समसामयिक जानकारीसहित एउटा नमुना प्रश्नपत्र सेट निष्कासन गर्दै आएका छौँ । डिजिटल प्रविधिको प्रयोग गर्दै तल दिइएको नमुना प्रश्नपत्र सेट हल गर्नुहोस् । यदि केही द्विविधा भए हामीलाई सम्झनुहोस् । हामी तपाइँको समस्या समाधान गर्न तत्पर छौँ ।

समसामयिक

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, २०७६

वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, २०७६ बाट सम्मानित गरिएको छ । प्रथमपटक २०७६ असोज ३ संविधान दिवसका दिनमा वितरण गरिएको यो पुरस्कारको राशि रु. ५ लाख रहेको छ । यस पुरस्कारको स्थापना वि.सं. २०७५ मंसिर १७ गते भएको हो ।

पृथ्वी प्रज्ञा पुरस्कार, २०७६

संस्कृतिविद् सत्यमोहन जोशीलाई यस वर्षको पृथ्वी प्रज्ञा पुरस्कार, २०७६ बाट सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानले प्रदान गर्ने यो पुरस्कार प्राज्ञासभाले हरेक ४÷४ वर्षमा प्रदान गर्दै आएको छ । यस वर्षको यो पुरस्कार वि.सं. २०७६ भदौ ३१ मा जोशीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

लेखक – तिलाचन सापकोटा

तलको नमुना प्रश्नपत्र हल गर्नुहोस् –