काठमाण्डौ । नेपालीको महान चाड दसैँ सुरु भइसकेको छ । दसैँका लागि किनमेल गर्नेहरुको उपस्थिति बजारमा बाक्लिन थालेको छ ।

नेपालकै अग्रणी सुपरमार्केट भाट–भटेनीमा हिजोआज चाडपर्वका लागि किनमेल गर्न आउने ग्राहकको संख्या ह्वात्तै बढेको छ । भाट–भटेनीमा ग्राहक बढाउन माछापुच्छ्रे बैंकको चाडपर्वलक्षित योजनाले समेत काम गरेको छ ।

बैंकले चाडपर्वलाई ध्यानमा राखेर आफ्नो बैंकको कार्डवाहक ग्राहकलाई सामान किन्दा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
अझै ग्राहकको सहजताका लागि बैंकले उपत्यकासहित देशभरका भाट–भटेनी सुपरमार्केटहरुमा स्टल नै राखेको छ । जहाँ ग्राहकले ‘अन दी स्पट’ खाता खोल्न सक्छन् र कार्ड बनाएर सामान किन्दा छुट पाउन सक्छन् । 

बैंकले आफ्ना पुराना कार्डवाहक ग्राहकलाई सामान किन्दा ३ हजार रुपैयाँसम्म क्यास ब्याकको अफर सञ्चालन गरेको छ । त्यस्तै नयाँ कार्डवाहक ग्राहकले भने ४ हजार रुपैयाँसम्म क्यास ब्याक पाउने बैंकका डेपुटी सीईओ सन्तोष कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार बैंकको चाडपर्वलक्षित क्यास ब्याक अफरबमोजिम खाद्य सामग्रीमा ५ प्रतिशत र लुगा, जुत्तालगायत अन्य सामग्री किन्दा १० प्रतिशतसम्म छुट पाउनेछन् । 

बैंकले यो क्यास ब्याक अफर असोज १२ गते घटस्थापनाको दिनदेखि कात्तिक १६ गतेसम्म सञ्चालन गर्र्नेछ । यो अफर सञ्चालन गर्न बैंकले भने असोज १ गतेदेखि नै देशभरका भाट–भटेनी सुपरमार्केटहरुमा आफ्नो स्टल राखेर ग्राहकलाई खाता खोल्ने र कार्ड बनाउने सुविधा प्रदान गरिरहेको छ । 

सरकारको डिजिटल कारोबार बढाउने अभियानअन्तर्गत ग्राहकलाई कार्ड प्रयोग गर्न प्रोत्साहन गर्न चाडपर्वका अवसरमा यो योजना सञ्चालन गरिएको कोइरालाले स्पष्ट पारे। उनका अनुसार यो योजनामा सामेल हुन बैंकका ग्राहकले कम्तीमा पनि १ हजार रुपैयाँको सामान भाट–भटेनी सुपरमार्केटमा किन्नुपर्नेछ । 

देशभर १३७ वटा शाखा, १२८ शाखारहित बैकिङ सेवा र १६० वटा एटीएममार्फत ग्राहकलाई बैंकले बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।