काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ सोमबार बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकको उत्साहजनक सहभागिता थियो । मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

स्थापनाको २० वर्षमा आइपुग्दा बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरका साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४० वटा शाखा र १२८ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २६८ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १६० वटा एटीएम सञ्चालनमा छन् ।