काठमाण्डौ । आईएमएस ग्रुप नेपालमा एनर्जाइजर पावरबैंकहरुका लागि एक मात्र आधिकारिक वितरक भएको छ ।

एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाइटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो । एनर्जाइजर विश्वकै प्रख्यात गतिशिल लिडर हो ।

एनर्जाइजरले निरन्तर रुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावरबैंक र वायरलेस चार्जिङको उत्पादन गर्दै आएको छ । जसले मानिसको आज र भोलिको जीवन सरल पारेको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावरबैंकहरु छन् । जसले तपाइँको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतीय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ ।
हाल कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्टडोका मार्फत उपलब्ध गराएको छ । जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरूमध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा उपलब्ध हुनेछ ।

आईएमएस गु्रपका अध्यक्ष एवम् सीईओ दिकेश मल्होत्रा नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड एनर्जाइजरको वितरक हुन पाउँदा अत्यन्तै खुसी र गर्व महसुस भउको बताउँछन् । ‘मूल्यअभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत क्रम प्रदान गर्न हाम्रो दृष्टिकोणका साथ हामी अब नयाँ ऊर्जा प्रविधिको परिचय गर्दैछौं’, उनी भन्छिन्, ‘जुन हाम्रो राष्ट्रका नागरिकका लागि नयाँ प्रविधिका साथ अगाडि बढ्नका लागि विश्वको पहिलो नवीनतम र उदाउँदो प्रविधिहरूको पर्यायवाची हो।’

मल्होत्रा भन्छन्, ‘यो पिढी यस्तो हो, जहाँ स्मार्टफोन वाग्याजेटहरू हामीसँग चौबिसै घन्टा हुन्छ, जसलाई तत्काल शक्ति बढाउन आवश्यक पर्दछ । त्यसकारण हाम्रा उपभोक्ताका आवश्यकताहरू पूरा गर्न, सहज र सुविधा प्रदान गर्न हामीले यो अन्तर्राष्ट्रिय ब्रान्ड, एनर्जाइजरको परिचय गराएका छौं ताकी उनीहरूको अनुभवलाई निरन्तर सुधार गर्न र प्रत्येक पक्षमा उनीहरूको अनुभवमा वृद्धि गर्न र उनीहरूको जीवनमा ठोस उत्थान ल्याउन मद्दत पुर्याउँछ ।’

आईएमएस ग्रुप सबैभन्दा छिटो बढिरहेको समूह हो, जसमा २० भन्दा बढी बिभिन्न कम्पनी छन्। आईएमएस नेपालमा सामसुङ स्मार्टफोनको आधिकारिक वितरक पनि हो।

सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो। कम्पनी पछिल्लो २७ बर्षमा बढेको र विविधीकरण भएको छ, जुन आईएमएस समूहको ब्यानरमा रहेको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ।