काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २, धनुषा जिल्लाको सबैला नगरपालिकामा उपत्यका बाहिरको आफ्नो तेस्रो शाखा शुभारम्भ गरेको छ ।

शाखाको समुद्घाटन गत आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहले गरे।

चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्सले काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखासहित चारवटा शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाण्डौको तीनकुने तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउण्टरमार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।