काठमाण्डौ । माछापुछ्रे बैंक लिमीटेडले आफ्नो १९ औं वार्षिकोत्सव लाजिम्पाटस्थित केन्द्रीय कार्यालय र आफ्ना सबै शाखा कार्यालयहरुमा केक काटेर मनाएको छ । 

केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेका थिए भने बैंकका देशभरका अन्य शाखामा शाखा प्रमुखहरुले केक काटेका थिए । 

सन् २००० मा पोखरामा स्थापित माछापुछ्रे बैंकले असोज महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाइरहेको छ । 

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउने बैंकले यस वर्ष १९ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ । 

बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्े महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ ।  यसवर्ष पनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पूरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिनाभरि आफ्नो सम्पूर्ण शाखाहरुमार्फतत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरिरहेको छ ।

बैंकले ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गरिरहेको छ भने डिम्याट खाता तथा ‘मेरो सेयर’ खाता निशुल्क खोलिरहेको छ । 
योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढीको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा सतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ । 

बैंकको हाल देशभर १४० वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग इकाई र १६२ एटीएमको सञ्जाल रहेको छ ।