काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले निकै ठूलो संख्यामा इन्ट्री लेभलका लागि फ्रेस कर्मचारी मागेको छ । 

बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट गरी दुई पदमा एकैपटक ११५ कर्मचारी मागेको हो । 

काठमाण्डौ उपत्यकाभित्र तथा बाहिरका शाखाहरुका लागि २५ जना म्यानेजमेन्ट ट्रेनी तथा ९० जना ट्रेनी जुनियर असिस्टेन्ट मागिएको छ । 

म्यानेजमेन्ट, विजिनेश स्ट्डिज, विजिनेश एडमिनिस्ट्रेसन र अर्थशास्त्रमा ६० प्रतिशत वा सो बराबरको अंक ल्याई स्नातकोत्तर उत्तीर्ण गरेको तथा ३० वर्ष ननाघेको, कम्प्युटर शिक्षाको राम्रो ज्ञान भएको, नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल भएको फ्रेस जनशिक्तले म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिनसक्ने बैंकले जनाएको छ । 

यस्तै, म्यानेजमेन्ट, विजिनेश स्ट्डिज, विजिनेश एडमिनिस्ट्रेसन र अर्थशास्त्रमा ५५ प्रतिशत वा सो बराबरको अंक ल्याई स्नातक उत्तीर्ण गरेको तथा ३० वर्ष ननाघेकोले ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि दरखास्त दिनसक्ने बताइएको छ ।

इच्छुक उम्मेद्वारले बैंकको वेबसाइटमा गएर अनलाइन आवेदन दिनसक्ने छन् । कात्तिक १३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।