काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट हरिभक्त सिग्देललाई संचालक नियुक्त गरेको छ । 

कात्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले रिक्त हुन गएको सर्वसाधारण सेयरधनीतर्फको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी वार्षक साधारणसभासम्मका लागि नियुक्त गरेको हो । 

नवनियुक्त संचालक सिग्देलसँग सरकारी र निजी क्षेत्रको निकै लामो अनुभव रहेको छ । 

माछापुच्छ्रे बैंक लिमीटेडसँग हाल देशका सबै क्षेत्रमा गरी १४१ शाखा, १३१ शाखारहित बैंकिङ इकाई, एउटा एक्सटेन्सन काउण्टर, १६५ वटा एटीएम लगायतको वृहत सञ्जाल रहेको छ ।