काठमाण्डौ । सत्तारुढ नेपाल कम्युष्टि पार्टी(नेकपा)ले विभिन्न स्थानमा हुन लागेको उपनिर्वाचनमा उम्मेद्वार चयन गरेको छ । 

सम्बन्धित क्षेत्रबाट आएका सिफारिसहरुका आधारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले उपयुक्त उम्मेद्वार छनौट गरेको हो ।

बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीकी पत्नी तथा नेकपा नेतृ विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पर्यटनमन्त्री भएकै बेला रविन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएको थियो। 

यस्तै, नेकपाले बाग्लुङ २ (ख)मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

यस्तै, नेकपा सचिवालयले प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख)मा हुने उपनिर्वाचनमा विमला वलीलाई, भक्तपुर १(क)मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङकी वली समेत सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् । 

बैठकले धरान उपमहानगरपालिको मेयर पदमा नेकपाको तर्फबाट प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।