काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले गत शुक्रबार हरिबोधनी एकादशीका अवसर पारेर बुढानिलकण्ठ मन्दिरमादर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी रजुसका साथै बुढानिलकण्ठ मन्दिरलाई डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बैंकले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म दर्शनार्थीलाई पानी तथा जुस वितरण गरेको थियो भने बुढानिलकण्ठ मन्दिरका मठाधीश स्वामी १००८ निगामानन्द महाराजलाई डस्टबिन हस्तान्तरण गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।