काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)का भावी अध्यक्ष शेखर गोल्छा बन्ने औपचारिक रुपमै निश्चित भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको बिहीबार बसेको १४ औं कार्यकारिणी समिति बैठकले महासंघको विधान २०४९ (छैठौ संशोधन सहित) संशोधनको लागि यही २०७६ साल कार्तिक २९ गते हुने भनिएको विशेष साधारण सभा रोक्का गर्ने सम्बन्धमा स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन सहित पारित गरेको हो । 

यो निर्णयसँगै विधान संसोधनको लफडा अन्त भएको छ । 

महासंघको हालको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । यो व्यवस्था कायम रहेसँगै हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भवानी राणाको उत्तराधिकारीको रुपमा महासंघको कमान हाँक्नेछन् ।

यसैगरी, महासंघका कार्यकारिणी समिति बैठकले सरकारले अगाडि बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्थाहरू जिल्लानगर उवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने निर्णय समेत गरेको छ । 

उद्योगी÷व्यवसायीहरू माथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यहार/रबैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकूल प्रभाव पर्नसक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।