काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

बैंकको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते गर्ते निर्णय गरेको हो । सभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको प्रतिसेयर २२.५० रुपैयाँ नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभामा विशेष प्रस्तावका रुपमा राखिने बैंकको नियमावलीको नियममा समसामयिक संशोधन वा थप गर्ने अजेन्डा छलफल गर्दै पारित हुनेछ ।

सभामा बैंकको सञ्चालक समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदनजस्ता महत्वपूर्ण दस्तावेजमा पनि छलफल गरी पारित हुनेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर ९ गतेदेखि मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरेको छ । यसको अर्थ मंसिर ८ गतेसम्म बैंकको सेयरधनी कायम हुनेहरुमात्र लाभांशको भागिदार र सभामा भाग लिन पाउनेछन् ।