काठमाण्डौ । नेपालका लागि सुजुकी ‘फोर ह्विलर’ तथा सिजी होल्डिङ्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयूभी ‘एस–प्रेसो’ ‘माई फर्स्ट एसयूभी’ आज आइतबार सार्वजनिक गरेको छ।

बोल्ड अनि पावरफुल एसयूभी लुक्सले गर्दा यो योङ एसयूभी अन्य कारभन्दा भिन्न देखिन्छ । हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्तामा निर्माण भएको यो कारमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ । जसले यसको बनावटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ ।

१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको यो कार अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेवटर्कमार्फत बिक्रीवितरण हुनेछ । सुजुकीले यो कारमा ‘बेस्ट इन क्लास’ फिचरहरुसमेत लोड गरेको छ ।

एस–प्रेसो बीएस६ मापदण्डमा आधारित छ । जुन वातावरण वातावरण संरक्षणप्रति प्रतिबद्ध मापदण्ड हो । ‘हामीलाई विश्वास छ, यो कारले नयाँ उत्साह सिर्जना गर्नेछ’, सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ।

एस–प्रेसो’ इन्ट्री लेबल कार हो र यो ‘फ्युचर कन्सेप्ट एस’ कारमा आधारित छ । 

‘एस–प्रेसो’ को हुडमा बीएस सिक्स १.० लिटर र ३ वटा पेट्रोल सिलेन्डर इन्जिन उपलब्ध हुनेछन् । यो ५ स्पिड म्यानुयल गिएर बक्स स्ट्यान्र्डडमा हुनेछन् । ‘एस–प्रेसो’ कारका केही भेरिएन्टमा अटोमेटेड म्यानुयल ट्रान्समिसन युनिट पनि समावेश हुनेछन् ।

यो कारमा नयाँ हेड ल्याम्पका साथै बडी कर्लड बम्पर र ओआरभीएमएस उपलब्ध हुनेछन् । यो कार ग्रिल विटारा ब्रेजासँग मिल्दोजुल्दो हुनेछ । स्ट्यान्डर्ड सेफ्टी फिचर्सअन्तर्गत ‘एस–प्रेसो’ कारमा एबीएसका साथै ईबीडी, ड्राइभर साइड एअर ब्याग, रिर्भस पार्किङ सेन्सर, स्पिड अर्लट सिस्टम र ड्राइभर तथा को–ड्राइभर सिट बेल्ट रिमाइन्डर उपलब्ध हुनेछन् ।

‘एस–प्रेसो’ कारको इन्टेरिएरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुनेछन् र यसमा स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि हुनेछ । इन्फोटेनमेन्ट सिस्टमको तल हर्जाट लाइट तथा फ्रन्ट पावर विइन्डो कन्ट्रोल रहनेछ । यसका अलावा सेन्ट्रल कन्सोलको साइडमा एसी वेन्टस हुनेछ ।

त्यस्तै यसमा थ्री स्पोक मल्टीफङ्सन स्टियरिङ ह्विल समावेश हुनेछ । जसमा म्युजिक तथा कल कन्ट्रोल सिस्टम पनि रहनेछ ।

यो कारको लम्बाइ ३५६५ एमएम, उचाइ १५६४ एमएम र चौडाइ १५२० एमएम रहेको छ । यसको ह्विलबेस २३८० एमएमको छ । फ्युलइफिसेन्सी २१.७ केएमपीएल रहेको छ ।

म्याक्सिमम टर्क ३५०० आरपीएममा ९० एनएम र म्याक्सिमम पावरमा ५५०० आरपीएममा ५० किलोवाट रहेको छ ।

यो कार सोलिड सिजल ओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर, मेटालिक ग्रेनाइट ग्रे र मेटालिक सिल्की सिल्भर रङमा पाइनेछ ।

यो कार चारवटा भेरियन्टमा पाइनेछ । जसमा स्ट्यान्डर्ड भेरियन्ट, एलएक्सआई भेरियन्ट, भीएक्सआई भेरियन्ट र भीएक्सआई प्लस भेरियन्टको मूल्य क्रमशः २२ लाख ९९ हजार, २३ लाख ९९ हजार, २४ लाख ९९ हजार र २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।