काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ले कार्यालयस्तरीय सबैभन्दा बढी कर दाखिला  गरी आन्तरिक राजश्व विभागबाट सम्मानित भएको छ । 

आठौं राष्ट्रिय कर दिवस, २०७६ को अवसरमा श्री आन्तरिक राजस्व विभाग,अर्थ मन्त्रालय , नेपाल सरकारद्घारा आज बुधवार आन्तरिक राजश्व विभाग कार्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बानेश्वर कार्यालयमा दर्ता रहेका करदाताहरु मध्ये आ.व. २०७४÷७५ मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ले सबैभन्दा बढी कर दाखिला गरी कदर स्वरुप सम्मान–पत्र प्राप्त गरेकोमा  बैंक परिवारले आन्तरिक राजस्व विभागलाई हार्दिक धन्यवाद दिएको छ ।