काठमाण्डौ । माछापुच्छ«े बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । 

हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ«े बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरी ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको बैंकको दाबी छ । 

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १ हजार ५ सय अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहे पनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् । सोही समस्यालाई मध्यनजर गर्दै माछापुच्छ«े बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा र कन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यकाभित्र रहेका निम्न शाखाहरुमार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको बताएको छ ।

माछापुच्छ«्रे बैंकले आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।