काठमाण्डौ । माछापुच्छ«े बैंकले जारी गरेको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ ।

बैंकको वार्षिक १०.२५%व्याजदर सहितप्रति ऋणपत्ररु.१ हजार कायम भएका उक्त ऋणपत्र आज बुधबारदेखि नेप्सेमा सूचिकृत भएको हो ।

ऋणपत्र सूचीकृत सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरे । सूचीकरण पछि १० बर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्पmत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ । 

माछापुच्छ«्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरुमार्फत ग्राहकहलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिहेको छ ।