काठमाण्डौ । एनआइसी एशिया बैंकले कपिलवस्तुमा कृष्णनगर विस्तारित काउण्टर संचालनमा ल्याएको छ । 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगर विस्तारित काउण्टर मंसीर १८ गतेबाट सञ्चालनमा ल्याइएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको समुद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरे ।

उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले व्यक्त गरेको छ । 

यो बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९८ एटिएम, ९३ वटा एक्सटेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकले यी सञ्जालमार्फत करिब १९ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।