काठमाण्डौ । विश्व बजारमा कच्चा तेलमा मूल्यवृद्धि भएसँगै अब पेट्रोल र डिजेलको मूल्य पनि बढ्न सक्ने सम्भावना बढेर गएको छ ।

कच्चा तेल उत्पादक तथा निर्याकर्ता देशहरुकोसंगठन ओपेकले पाँच लाख ब्यारेल दैनिक तेल उत्पादमा कटौती गर्ने फैसलासँगै पछिल्ला दिनमा कच्चा तेल बे्रन्ट क्रुडको मूल्यमा करिब चार डलर प्रतिशत ब्यारेल वृद्धि भएको छ । यो मूल्य अझै बढ्न सक्ने भएकोले निश्चित रुपमा विश्व बजारमा पेट्रोल र डिजेलको मूल्यमा बढोत्तरी आउने भएको छ ।

विशेष नेपाल र भारतजस्ता देशहरु मूल्यवृद्धिको चपेटामा पर्ने निश्चित छ । किनकि यहाँ पेट्रोल र डिजेल पूर्ण रुपमा आयात गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय बजारमा गत साता ब्रेन्ट क्रुड आयलको भाउ ६४.८८ डलर प्रतिब्यारेल पुगेको छ । जुन गत सेप्टेम्बर २३ पछि सबैभन्दा उच्च भाउ हो ।

ओपेकले गत जनवरीदेखि दैनिक पाँच लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्ने फैसला गरेको थियो । जसका कच्चा तेलसँगै पेट्रोल र डिजेलको मूल्यमा निकै बढोत्तरी आउने निश्चितप्रायः बनेको हो ।

एनर्जी र मुद्रा अनुसन्धानकर्ता अनुज गुप्ताका अनुसार यदि अमेरिका र चीनबीचको व्यापारिक खटपटलाई लिएर आउने दिनमा सकारात्मक ढंगले समाधान भयो भने आउने दिनमा तेलको खपत बढ्नेछ र त्यसले ब्रेन्ट क्रुडको भाउ ७० डलर प्रतिब्यारेल पार गर्न सक्छ । जब कि अमेरिकी लाइट क्रुड वेस्ट टेक्सासको भाउ अहिलेको अवस्थामा ६० डलर प्रतिब्यारेलभन्दा तल छ र त्यो भाउ ६५ डलर प्रतिब्यारेलसम्म पुग्न सक्छ ।

यद्यपि ओपेकको निर्णय लागू हुनेमा सन्देह रहेको गुप्ता बताउँछन् । उनका अनुसार ओपेकमा आबद्ध साना तेल उत्पादक देशहरु यो निर्णय मान्न तयार छैनन् ।

अहिले विश्वबजारमा देखिएको मन्दीका कारण तेल खपत बढ्न सकेको छैन । यस्तो तेलको भाउ पनि युद्धस्तरमा बढ्नसक्ने सम्भावना पनि नरहेको उनको भनाइ छ । – एजेन्सी