काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा माइक्रोफाइनान्स कम्पनीका सेयरधनीहरु मालामाल भएका छन् । 

कारोबार समय सकिन एकघण्टा बाँकी छँदा माइक्रोफाइनान्स समूहको उपसूचक ३.७ प्रतिशत(५७.८१ अंक)ले बढिसकेको छ । 

यो समूहका ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेपछि कारोबारमा पोजिटिभ सर्किट लागिसकेको छ । 

यो अवधिसम्म धेरै कमाउने १० कम्पनीको सूचिमा माइक्रोफाइनान्सले ८ वटा स्थानमा कब्जा जमाएको छ । 

सोमबार दिउँसो २ बजेसम्म समिट लघुवित्त, नाडेप लघुवित्त, समता लघुवित्त र नेपाल सेवाको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । 

यस्तै, सामुदायिक लघुवित्त, विजय लघुवित्त, स्वदेशी लघुवित्त र लक्ष्मी लघुवित्तको सेयर मूल्य क्रमशः ७.८४, ७.७९, ७.७२ र ७.५२ प्रतिशतले बढिसकेको छ । 

धेरै कमाउने १० कम्पनीको सूचिमा अन्य दुई समूहका कम्पनी परेका छन् । जसमध्ये प्रूडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य ७.४५ प्रतिशत तथा सेन्ट्रल फाइनान्स मूल्य ७.४१ प्रतिशतले बढिसकेको छ । 

धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा समेत लघुवित्त कम्पनीहरुको राम्रो स्थान देखिएको छ । १० मध्ये ४ स्थान लघुवित्तले कब्जा गरेका छन् । सबैभन्दा बढी स्वाबलम्बन लघुवित्तले १ करोड २० लाख बढीको कारोबार गरिसकेको छ । तर, समग्र कारोबारमा भने नेपाल बैंकले सबैलाई उछिनेको छ । यो कम्पनीले १ करोड २० लाख ७९ हजार बढीको कारोबार गरिसकेको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १० भन्दा बढी अंकका साथ बढिसकेको छ भने बजारमा हरियाली छाएको छ । 

व्यापार समूहमा सबैभन्दा बढी ५ प्रतिशत भन्दा बढीको बढोत्तरी देखिएको छ भने निर्जीवन बिमा समूहको सूचक पनि ५ प्रतिशतकै हाराहारीमा बढिसकेको छ ।