काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेडलाई ५ वर्षपछि समस्याग्रस्त अवस्थाबाट फकुवा गरेको छ ।

राष्ट्र बैंकको गत मंसिर २० गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले नेपाल फाइनान्सलाई सशर्त समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्नेलगायतका कारोबार गर्न नपाउने गरी नेपाल फाइनान्सलाई समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको थियो ।

राष्ट्र बैंकले फाइनान्सको २०७० पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका आधारमा फाइनान्सको पुँजी कोष ४.३६ प्रतिशतले ऋणात्मक र निष्क्रिय कर्जा पनि ५४.१८ प्रतिशत रहेको भेटिएपछि हस्तक्षेप गर्नुपरेको थियो ।